नियम ४२
कुनै हुलाक आदेश
हुलाकबाट बिक्री भएपछि सो बिक्री भएको महीनाको आखिरी दिनले ६ महिनाभित्र सो हुलाक आदेश भुक्तानी निमित्त हुलाकमा नल्याएमा नियम ४० को उपनयिम (२) मा निर्धारित गरिएको दर बमोजिम दोस्रो कमिशन लाग्नेछ र यो कमिशन हुलाक आदेशको पछाडिपट्टि हुलाक टिकट टाँसी चुक्ता गर्नु पर्नेछ । बिक्री भएको महीनाको आखिरी दिनले १२ महीनापछि भुक्तानीको निमित्त ल्याएकोमा हुलाक आदेशको भुक्तानी दिइने छैन ।